Kathmandu Press

दिपेन्द्रको शतकमा मलेसियालाई २२४ रनको विशाल लक्ष्य

काठमाडौं, चैत १९ : त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा नेपालले मलेसियासामु २२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...
दिपेन्द्रको शतकमा मलेसियालाई २२४ रनको विशाल लक्ष्य

काठमाडौं, चैत १९ : त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा नेपालले मलेसियासामु २२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षति ब्यहोर्दै २२३ रन बनाएको हो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले शतक पूरा गरे। ५७ बल खेलेका ऐरिले १० चौका र ६ छक्का प्रहार गरी ११० रन बनाए । अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपालको चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरिसकेका छन्। 

आजकै खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाए । टि–२० अन्तर्राष्ट्रियमा पौडेलको पहिलो अर्धशतक हो। उनले ३४ बलमा ५ चौकाको मद्दतबाट ५१ रन बनाए। 

ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए ।

नेपाल सिरिजको फाइनल पुगिसकेको छ । अघिल्लो ३ खेलमा ३ जित हात पार्दै नेपाल फाइनल पुगेको हो । मलेसिया भने ३ खेलमा १ जित निकाल्दा फाइनलको लागि संघर्षरत छ । मलेसियालाई फाइनल पुग्न आजको खेल जित्नुको विकल्प छैन ।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्