५ करोड भारु साट्न अर्थमन्त्री खतिवडाको भारतलाई आग्रह
काठमाडौं, असोज १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच सय र एक हजारको नोट सटहीको व्यवस्था गर्न भारत सरकारसँग आग्रह गरेका छन्।
भारतमा....
काठमाडौं, असोज १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच सय र एक हजारको नोट सटहीको व्यवस्था गर्न भारत सरकारसँग आग्रह गरेका छन्।
भारतमा आयोजित विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका अर्थमन्त्री खतिवडाले भारतका वित्त मन्त्री निर्मला सितारमणलाई भटेर नेपालमा रहेका भारुको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि आग्रह गरेका हुन्।
उनले भारत सरकारको प्रतिवन्धले नेपालमा पाँच र हजारको नोट ‘खोस्टा’ भएको उल्लेख गर्दै समस्या समाधानका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेका हुन् । मन्त्री खतिवाडले भारतले प्रतिवन्ध लगाउनभन्दा पहिलेनै नेपालमा ५ करोड भारु रहेको समेत बताएका छन्।
‘भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्दछु’ अर्थमन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तीमा जनाइएको छ।
भारत सरकारका वित्त मन्त्री सितारमणले विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुबै देशको सहमतिमा समाधान गरिने बताइन । कार्यक्रमका अवसरमा नेपाल र भारत सरकारबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको छ।






