Kathmandu Press

बोलेरोको ठक्करबाट झापामा पैदलयात्रुको मृत्यु

झापा, चैत १९ : झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त...
बोलेरोको ठक्करबाट झापामा पैदलयात्रुको मृत्यु

झापा, चैत १९ : झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन्।

मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन्।

Hardik ivf

उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो।

घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्