Kathmandu Press

मेघगर्जनसहित हल्का वर्षाको संभावना

काठमाडौं, चैत १९ : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...
मेघगर्जनसहित हल्का वर्षाको संभावना

काठमाडौं, चैत १९ : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Hardik ivf

हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै मधेस प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्