दशैं मनाउन राजधानिबाट १४ लाख बाहिरिए, आज ३ लाख बाहिरिए
काठमाडौं, असोज १६ : दशैं मनाउन विहिबार रातिसम्म राजधानिबाट १४ लाख यात्रु बाहिरिएका छन्।
नेपाल यातायात राष्ट्रिय महासंघका ....

काठमाडौं, असोज १६ : दशैं मनाउन विहिबार रातिसम्म राजधानिबाट १४ लाख यात्रु बाहिरिएका छन्।
नेपाल यातायात राष्ट्रिय महासंघका अनुसार आज र भोली सबैभन्दा बढि यात्रुको चाप हुनेछ। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘आज मात्रै उपत्यकाबाट ३ लाख हाराहारीमा यात्रुहरु बाहिरिने छन्।’
टिकट नपाएका यात्रुहरुका लागि भने महासंघले अतिरिक्त बस व्यवस्था गर्ने बताएको छ । ‘यात्रुको संख्या बुधबार विहिबार निकै चाप छ, भोली फूलपाती भएकाले आज अधिकांश यात्रुहरु बाहिरिने छन्’, कर्माचार्यले काठमाडौं प्रेससँग भने, ‘शनिबार÷आइतबारबाट मात्रै चाप कम हुने छ।’
महासंघले यस बर्ष राजधानिबाट दशैं मनाउना लागि २० लाख यात्रुहरु बाहिरिने अनुमान गरेको छ।
यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय महासंघको सहमतिमा असोज ५ गते देखि १९ सम्मका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरेको छ।












-(7)-1765197040.jpg)