Kathmandu Press

निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

काठमाडाैं, चैत १८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा क्षमतावान नेतृत्व...
निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल
Hardik ivf

काठमाडाैं, चैत १८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्ने बताएका छन।

डिआर म्युजिक एण्ड क्रियशनले आज यहाँ आयोजना गरेको साहित्यिक कार्यक्रममा नेता खनालले चुनावमा लोकतान्त्रिक दलका स्वच्छ छवि भएका निष्कलङ्क व्यक्तिलाई निर्वाचित गर्न आग्रह गरे। पूर्वप्रधानमन्त्री खनालले जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्था प्रजातान्त्रिक भएको बताउँदै मुलुक निर्माण गर्नका लागि अहिलेको प्रणालीलाई उपयोग गर्नुपर्नेमा जोड दिए।

एमालेको नवौँ महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्ने नारा आफूले अगाडि सारेको बताउँदै उनले भने, 'पार्टीको नेतृत्व निरङ्कुश भयो, ओली सरकारको नेतृत्व जनमुखी हुन सकेन, त्यो नारा पूरा हुन सकेन।' नेता खनालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दामा समाजलाई सही दिशा निर्देश गर्न स्रष्टा क्रियाशील हुनपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्