त्रिवि उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस
काठमाडौं, असोज १७ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरिएको छ।
स्रोतका अनुसार त्रिविको ....

काठमाडौं, असोज १७ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरिएको छ।
स्रोतका अनुसार त्रिविको उपकुलपति सिफारिस समितिले डा. भगवान कोइराला सहित तीन जनाका नाम सिफारिस गरेर मन्त्रिपरिषद कार्यालयमा बुझाएको छ । समितिले सिफारिस गरेका अन्य व्यक्तिहरुमा धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेल पनि छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला शहिद गगालाल राष्ट्रिय मुट रोग केन्द्र र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक भएका थिए । गंगालाल मुटु रोग केन्द्रको सुधारमा कोइलाको ठूलो योगदान थियो।
तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो।










