Kathmandu Press

दरबारमार्गमा एफएनसीसीआई र एनसेलको सहकार्यमा महोत्सव हुने

काठमाडौं, चैत १८ : नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबारमार्गमा सडक महोत्सव हुने भएको छ। एफएनसीसीआई र एनसेलको सहकार्यमा दरवारमार्ग महोत्सव...
दरबारमार्गमा एफएनसीसीआई र एनसेलको सहकार्यमा महोत्सव हुने

काठमाडौं, चैत १८ : नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबारमार्गमा सडक महोत्सव हुने भएको छ। एफएनसीसीआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुने भएको हो।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित १५ औं दरवारमार्ग महोत्सव २०७९ हुन लागेको आयोजकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्य अन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो। महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी रहेको छ।

Hardik ivf

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने कार्यक्रम रहेको छ । वैशाख ३ गते विहान १०ः०० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गरिेने छ। दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताएका छन।  

महोत्सवको लागि महासंघसंग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन। आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं।’

बिहान ११ः३० बजे औपचारिक रुपमा सुरु हुने कार्यक्रममा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समुहहरु जस्तै सृष्टी केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको साँस्कृतिक नृत्यहरु दरवारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन । महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै व्यवस्था गरिएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तङग्रने क्रममा रहेका उद्योग व्यवसाय माथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए। संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरवारमार्ग महोत्सवले ठूलो सहयोग पुरयाउने उनले विश्वास व्यक्त गरे।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, एनसेलका कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर विशाखा लक्ष्मी खड्का, ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर अनुुषा प्राधानाङगको उपस्थिति रहेको पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काले स्वागत मन्तव्य र रेवानका अध्यक्ष एवं महासंघको वस्तुुगत परिषदका सहसभापति अरनिको राजभण्डारीले महोत्सवका वारेमा विस्तृत जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा रोयल स्टेगका रविन्दर सैनी, दरवारमार्ग विकास वोर्डका सचिव उद्धव ढकाल, एनआइसी एसियाका सरद तुलाधर, माल्टा इन्टरनेशनलका विजय सुवाल, एनसेलका वरिष्ठ अधिकारीहरु, महासंघका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियाे।

प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्