Kathmandu Press

कागबेनीमा पिण्डदान गर्नेको भीड : एकै दिन चार हजार तीर्थयात्री

गलेश्वर, चैत १८ : कालीगण्डकीको तटमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुस्ताङको कागबेनीमा आज  दिवङ्गत आफन्तहरूको स्मरणमा पिण्डदान र तर्पण गर्ने तीर्थालुहरूको भीड लागेको छ।...
कागबेनीमा पिण्डदान गर्नेको भीड : एकै दिन चार हजार तीर्थयात्री

गलेश्वर, चैत १८ : कालीगण्डकीको तटमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुस्ताङको कागबेनीमा आज  दिवङ्गत आफन्तहरूको स्मरणमा पिण्डदान र तर्पण गर्ने तीर्थालुहरूको भीड लागेको छ। आज औँसी तीथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृहरूले मोक्ष पाउँछन् भन्ने विश्वास रहेकाले देशका विभिन्न ठाउँहरूबाट कागबेनीमा आइ करिब चार हजार भक्तजनले पिण्डदान गरेका कागबेनीबाट कृष्ण शर्मा सापकोटाले जानकारी दिए।

औँसीको दिन कागबेनीमा श्रद्धा गर्न बिहीबार नै कागबेनीमा आएका भक्तजनहरूले कागबेनीका होटल र व्यक्तिगत घरहरूसमेत खचाखच भरिएका नवलपुरको गौँडाकोटबाट कागबेनी पुगेका मुकुन्द रेग्मीले बताए। उनका अनुसार कागबेनीका होटलमा बास नपाएपछि कैयौँ तीर्थयात्रीहरू मुक्तिनाथ उक्लिएका थिए।

कागबेनी तीर्थालुले भरिएपछि कागबेनीबाट १२ किलोमिटरको यात्रा गरेर कोही मुक्तिनाथ पुगेका थिए भने कोही जोमसोमतर्फ झरेका रेग्मीले बताए।

कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङका अनुसार कागबेनीमा यस वर्षकै सबैभन्दा बढी तीर्थालुहरू आएका छन्। 'करिब चार हजारको हाराहारीमा तीर्थयात्रीहरू आएका छन्,' गुरुङले भने, 'यहाँ विगत दुई वर्षयताकै सबैभन्दा बढी भक्तजनहरू आज आएका हुन्।' वडादशैँ र चैते दशैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ।

कोरोनाका कारण विगत दुई वर्षसम्म सुनसान बनेको मुस्ताङमा पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउन सुरु भएको छ। यहाँ विदेशी पर्यटक पनि देखिन थालेका स्थानीय व्यवसायीले बताएका छन्।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्