देशभरि थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, चैत १८ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परिक्षणका क्रममा १६...
काठमाडाैं, चैत १८ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन्।
हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












