Kathmandu Press

समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बनाउन आह्वान

काठमाडाैं, चैत १८ : नेपाल आदिवासी जनजाती महासङ्घले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आदिवासी जनजातिलाई निर्वाचित गराउन र जातीय बाहुल्यका...
समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बनाउन आह्वान

काठमाडाैं, चैत १८ : नेपाल आदिवासी जनजाती महासङ्घले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आदिवासी जनजातिलाई निर्वाचित गराउन र जातीय बाहुल्यका आधारमा उम्मेदवार बनाउन सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेको छ ।

महासङ्घको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गेल्जेन लामा शेर्पाले संविधानको मर्म र भावना अनुरुप राज्यका सबै अङ्गमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गर्ने एजेण्डा कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

Hardik ivf

'मुलुकमा राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिकलगायतका विभेद् अत्यका लागि महासङ्घले निरन्तर सङ्घर्ष गर्दै आएको छ', उनले भने, 'पहिचानसहितको सङ्घीयतालाई स्थापित गरी अधिकार सम्पन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र तथा विशेष क्षेत्र निर्माण गर्न वर्तमान संविधान सशोधन आवश्यक रहेकाले सो कार्यका लागि सङ्घर्षलाई निरन्तरता दिइनेछ।'

महासङ्घका महासचिव बुद्ध घर्तीले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट आदिवासी जनतातिका नाममा विनियोजित भएको बजेट अन्य शीर्षकमा खर्च गरेको पाइएकाले अबदेखि सम्बन्धित शीर्षकमै सदुपयोग गर्न दबाब दिइने बताए।

उनले भने, 'अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत आदिवासी जनजातिको संरक्षण, सांस्कृतिक प्रवद्र्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिनेछ।' 

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष गजुरधन राईले महासङ्घ र फोनिजले उठाउँदै आएका धेरैजसो मुद्दा समान प्रकृतिका भएकाले दुई संस्थाबीच सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाएर अघि बढेमा परिणाम सहजै प्राप्त गर्न सकिने बताए।

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्