Kathmandu Press

पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

काठमाडाैं, चैत १८ : त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई पराजित गरेको छ।लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई पीएनजीले ८ विकेटको फराकिलो...
पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

काठमाडाैं, चैत १८ : त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई पराजित गरेको छ।

लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई पीएनजीले ८ विकेटको फराकिलो जित निकालेको हो।  १ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले।

टोनी उराले ३४ बलमा १० छक्का र २ चौकाको मद्दतमा अविजित सर्वाधिक ८६ रन बनाए।  यस्तै कप्तान असद भालाले अविजित ७४ रनको इनिङ खेले। उनले ५१ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो।

मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए।

यस्तै कप्तान अहमद फाजीले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए। जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ। यसअघि पीएनजी नेपालसँग २ खेलमा र मलेसियासँग १ खेलमा पराजित भएको थियो।

मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ। घरेलु टोली नेपाल भने ३ खेलमा ३ जित निकाल्दै १ खेल अगावै फाइनल पुगिसकेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्