Kathmandu Press

पाल्पामा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौं, चैत १८ : पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई...
पाल्पामा १२ वर्षीया बालिका बलात्कृत


काठमाडौं, चैत १८ : पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। 

ती बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार राति एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्की रहेकाे प्रहरीले जनाएको छ। 

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्