Kathmandu Press

‘अन्तर्राष्ट्रिय हाई अल्टिच्युट ट्राइ एड्भेन्चर कम्पिटिसन’ जेठ ७ मा

काठमाडाैं, चैत १८ : मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ।आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका...
‘अन्तर्राष्ट्रिय हाई अल्टिच्युट ट्राइ एड्भेन्चर कम्पिटिसन’ जेठ ७ मा

काठमाडाैं, चैत १८ : मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ।

आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ। प्रतियोगिताबारे जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद  केन्द्रद्वारा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो।

पुरुष र महिला विधाका लागि बेग्लाबेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय प्रतियोगीका रुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत, बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए।
 
प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश: रु. तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश: रु एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतियोगिता दुई हजार ७०० मिटरदेखि तीन हजार २०० मिटर उचाइसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ।

एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो। सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना गर्दै आएको छ। 

नेपालमा सहासिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने र नेपाली खेलाडीको सहासिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले जानकारी दिए।

सेनाले यसअघि २०७४ र २०७५ मा राष्ट्रियस्तरमा एड्भेन्चर स्पोर्टस् सञ्चालन गरेको थियो।

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्