Kathmandu Press

चित्रकलामा अरूणीकी प्रजिशा र ग्रिनफिल्डका संस्कृतलाल प्रथम

काठमाडाैं, चैत १८ : सामाजिक चेतना तथा बहुउदेश्यीय विकास समूह नेपाल (एसएएमडिएएन) अन्तर्गत बालबालिकामा आधारित वातावरणीय शिक्षा कार्यक्रम (चिल्ड्रेन बिप)  ले आयोजना गरेको...
चित्रकलामा अरूणीकी प्रजिशा र ग्रिनफिल्डका संस्कृतलाल प्रथम

काठमाडाैं, चैत १८ : सामाजिक चेतना तथा बहुउद्देश्यीय विकास समूह नेपाल (एसएएमडिएएन) अन्तर्गत बालबालिकामा आधारित वातावरणीय शिक्षा कार्यक्रम (चिल्ड्रेन बिप)  ले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सिनियरतर्फ अरूणी माध्यमिक विद्यालयकी प्रजिशा कार्की र जुनियरतर्फ ग्रिनफिल्ड नेसनल स्कुलका संस्कृतलाल श्रेष्ठ प्रथम भएका छन्।

बिहीबार सम्पन्न प्रतियोगितामा सिनियर (कक्षा ७-१० सम्म) तर्फ ह्वाइट हेभेन एकाडेमीका ओम सागर चौधरी र गुन्जन घिमिरे क्रमशः द्वितीय र तृतीय भए भने भने प्रान्जली वर्ल्ड स्कुलकी विवशता शेर्पा र त्रिलोक चिल्ड्रेन एकाडेमीका मनीष गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे।

Hardik ivf

त्यसैगरी जुनियर (कक्षा ६ सम्म) तर्फ अरुणी माध्यमिक विद्यालयकी मन्जु बुढामगर द्वितीय र क ख रा मन्टेश्वरीकी प्रशंशा पन्त तृतीय भए भने त्रिलोक चिल्ड्रेन एकाडेमीका आयुष थापा र आकृति अर्यालले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा १४ विद्यालयबाट जुनियर तहका २६ र सिनियर तहमा २५ गरी ५१ विद्यार्थीको सहभागिता थियाे। जुनियर तहका लागि 'मेरो स्वस्थ घरआँगन' र सिनियर तहका लागि 'स्वस्थ सहरी वातावरण निर्माणमा मेरो भूमिका' विषयमा चित्र बनाउन लगाइएकाे थियाे।

प्रतियोगिताका विजयी विद्यार्थीलाई टोखा नगरपालिका-९ का अध्यक्ष जोग प्रसाद नेपाल, विशेष अतिथि तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनवहादुर पुन, आयोजक संस्थाका अध्यक्ष टंक राईले पुरस्कार प्रदान गरेका थिए।

प्रथम द्वितीय र तृतीय हुने दुवै तहका विद्यार्थीलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजारका साथमा ट्रफी, मेडल, सर्टिफिकेट र मेरीगोल्ड फूलको बिरुवा पुरस्कार प्रदान गरिएको थियो।

स्वान्त्वना पुरस्कार प्राप्त गर्नेलाई सर्टिफिकेट, फलको बिरुवा र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो भने अन्य सहभागी सम्पूर्णलाई सर्टिफिकेटसँगै फूलको बिरुवा प्रदान गरिएको थियो।

चित्रकलाका निर्णायक आर्टशाला स्टुडियो एन्ड ग्यालरीका सञ्चालक राजकृष्ण महर्जन र कलाकार मदन थापा थिए।

 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्