Kathmandu Press

बाँकेका १३७ युवाले पाए ब्याज अनुदान

काठमाडौं, चैत १८ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत बाँकेका चार सहकारीमा आवद्ध १३७ युवाले ब्याज अनुदान रकम प्राप्त गरेका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको गृहिणी...
बाँकेका १३७ युवाले पाए ब्याज अनुदान

काठमाडौं, चैत १८ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत बाँकेका चार सहकारीमा आवद्ध १३७ युवाले ब्याज अनुदान रकम प्राप्त गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारी गाउँपालिकाको सिद्देश्वर बहुउद्देश्यीय सहकारी संस्था र कोहलपुर नगरपालिकाको सिर्जना कृषि सहकारी संस्था तथा गङ्गा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १३७ युवालाई रु १८ लाख ब्याज अनुदान वितरण गरिएको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए। 

उनका अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवालाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीतिअनुरुप ब्याज रकम प्रदान गरिएको हो। 

कोषले बाँकेका तीन हजार व्यक्तिलाई स्वरोजगार हुन मद्दत गरिरहेको अधिकारीले बताए। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरिका करिब ८१ हजार युवा स्वरोजगार भएको उल्लेख गर्दै अधिकारीले रोजगार सँगसँगै स्वरोजगारको उपाय अवलम्बन गर्न आग्रह गरे। 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्