Kathmandu Press

निर्वाचनमा नेतृत्वका लागि बागलुङका महिला एकताबद्ध

काठमाडौं, चैत १८ :  आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको...
निर्वाचनमा नेतृत्वका लागि बागलुङका महिला एकताबद्ध

काठमाडौं, चैत १८ :  आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ। 
 
बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन्। 

उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिए। 

Hardik ivf

‘अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबाब दिइरहेका छौँ,’ बुढाले भने, ‘विसं २०७४ को निर्वाचनमा गठबन्धनका नाममा संविधानमा भएको व्यवस्थासमेत कार्यान्वयन नभएर महिला अन्यायमा परेको देखियो।’ 

पालिका प्रमुख तथा अध्यक्षमा अथवा उपप्रमुख तथा उपाध्यक्षमा एक जना महिला अनिवार्य संविधानले गरेको भए पनि गठबन्धनका नाममा महिलालाई स्थान नदिइएको र त्यसैले सबै पार्टीका महिला मिलेर दबाब सिर्जनासमेत गरिरहेको उनको भनाइ छ।

बुढाले अन्तरपार्टी महिला सञ्चालले महिला नेतृत्वका लागि सबै दललाई दबाब दिइरहेको बताए। बागलुङमा बाम वा लोकतान्त्रिक जुन गठबन्धन भए पनि प्रमुख र उपप्रमुखमा फरक लिङ्ग अनिवार्य गर्नुपर्ने अन्तरपार्टी महिला सञ्जालकी सल्लाहकार सकुन्तला शर्माले जानकारी दिए। 
    
आफूहरु अन्तरपार्टी महिला सञ्जालका माध्यमबाट साझा धारण बनाउँदै अगाडि बढेको भन्दै उनीहरुले आगामी निर्वाचनमा जबरजस्तरुपमा महिला नेतृत्व स्थापित गरेरै छाड्ने नेकपा (एमाले) प्रदेश सचिवालय सदस्य ममतादेवी शर्माले बताए। 

पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको भए पनि सधैं पुरुष उम्मेदवारका लागि मत माग्ने र मत राख्ने काममा मात्र महिला परिचालन भन्दै अब मनस्थिति बदलेर परिस्थितिको सामना गर्न आफूहरु तयार रहेको महिला नेतृहरुको भनाइ छ।  

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्