Kathmandu Press

गणेशमान सिंह राष्ट्रिय बक्सिङको बागमती प्रदेशस्तरीय छनोट सुरु

काठमाडौं, चैत १७ : भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन् ।बिहीबार भक्तपुरको ठिमीमा...
गणेशमान सिंह राष्ट्रिय बक्सिङको बागमती प्रदेशस्तरीय छनोट सुरु
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, चैत १७ : भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन् ।

बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौल समूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनलमा स्थान बनाएकी हुन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल गुरुङले सेमिफाइनलमा स्थान बनाए । उनले काभ्रेका राजन तिमिल्सिनालाई पराजित गरे । यसैगरी पुरुषको ६३ केजी तौल समूहमा रामेछापका मौसम रानामगर र धादिङका सुरेश भण्डारीले पनि सेमिफाइनलमा स्थान बनाए । मौसमले चितवनका टिकाराम कुमाल र सुरेशले काठमाडौंका निरज गौतमलाई पराजित गरे ।

चैत २० गतेसम्म सञ्चालन हुने बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंहले उद्घाटन गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ वैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्