Kathmandu Press

फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो, ब्राजिल पहिलो 

काठमाडौं, चैत १७ : नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ...
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो, ब्राजिल पहिलो 

काठमाडौं, चैत १७ : नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।

वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । 

यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् । यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स रहेका छन् । 

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्