Kathmandu Press

नागरिकता किर्ते गर्ने वडा अध्यक्ष र सचिव प्रहरी फन्दामा 

काठमाडौं, चैत १७ : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु खत्री सहित ५ जनालाई...
नागरिकता किर्ते गर्ने वडा अध्यक्ष र सचिव प्रहरी फन्दामा 

काठमाडौं, चैत १७ : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु खत्री सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली नागरिकता दिलाउनका लागि सिफारिस गर्ने वडा अध्यक्ष खत्री, वडा सचिव वालकृष्ण शर्मासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Hardik ivf

पक्राउ परेका वडा अध्यक्ष सहित सबैलाई नागरिकता सम्बन्धी कसूर झुट्टा विवरण पेश गरी नगरिकता बनाएकोमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । 

पक्राउ परेको अध्यक्ष गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बिजयी भएका थिए । 

पर्वत जिल्ला कुश्मा नगरपालीका वडा नं २ बस्ने कृष्ण अधिकारी र डोम कुमारी अधिकारीको छोरी बर्ष २० की सोनु अधिकारीले स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं ३ बस्ने बस्ने कृष्ण प्रसाद पौडेल र सीता पौडेलको छोरी बनेर बंशजको आधारमा मिति गत चैत १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए । 
 

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्