Kathmandu Press

शहीद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

शहीद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

सर्लाही, चैत १७ : सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन।

उपराष्ट्रपति पुनले शहीदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे। शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्वार्थ रहेको उनको भनाइ छ। सशस्त्रद्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही  आउनुभएका उपराष्ट्रपति पुनले देशमा आमूलपरिवर्तन ल्याउन शहीदले खेलेको भूमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न सधैँ लागि रहने बताए।

Hardik ivf

मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी शहीद प्रतिष्ठानको आयोजनामा शहीदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सर्लाहीका ६० शहीद परिवारलाई सम्मान गरे।

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार सहादत प्राप्त ६० जनाको परिवारलाई उपराष्ट्रपति पुनले जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गरे। बरहथवा नगरपालिका–२, हजरियास्थित सामुदायिक भवनमा शहीद परिवारलाई सम्मान र राहत वितरण गरिएको थियो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकी, नगर प्रमुख देवानन्द महतोलगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्