Kathmandu Press

सावित्राको ह्याट्रिकमा वालिङमाथि एपिएफको फाराकिलो जित

काठमाडाैं, चैत १७ : राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि चितवनमा जारी राष्ट्रिय महिला लिगमा एपिएफले लगातार तेस्रो जित...
सावित्राको ह्याट्रिकमा वालिङमाथि एपिएफको फाराकिलो जित

काठमाडाैं, चैत १७ : राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि चितवनमा जारी राष्ट्रिय महिला लिगमा एपिएफले लगातार तेस्रो जित हात पारेको छ। भरतपुरमा बिहीबार भएको खेलमा सावित्राको ह्याट्रिक मद्दतमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकालाई ७–०को फाराकिलो अन्तरले हरायो।

एपिएफको सहज जितमा सावित्राले ह्याट्रिकसँगै ४ गोल गरिन् भने अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले पनि गोल गरे। एपिएफले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

अनिताले २४ औं मिनेटमा गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाइन्। ४०औं मिनेटमा सरुले गोल गरेपछि पहिलो हाफमा एपिएफले २–०को अग्रता लियो।

५२ औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई ३–० को अवस्थामा पुर्‍याइन्। ६६औं मिनेटमा सावित्रा र ७५औं मिनेटमा अनिताले गोल गरेपछि एपिएफ ५–०को वअस्थामा रह्यो।

८०औं मिनेटमा गोल गर्दै सावित्राले यो सिजन प्रतियोगितामा पहिलो ह्याट्रिक गरिन्। र, टिमलाई ६–०को अग्रता दिलाइन्। ८१औं मिनेटमा सावित्राले नै गोल गरेपछि एपिएफले ७–०को सहज जित निकाल्यो।

प्रतियोगितामा एपिएफको यो लगातार तेस्रो जित हो । यसअघिका दुई खेलमा विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिसलाई हराएको थियो। ३ खेलमा ९ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। वालिङ अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्