Kathmandu Press

चार हजार जनालाई नेपाली सेनामा प्रवेश गर्ने अवसर

काठमाडौं, चैत १७ : नेपाली सेनाले ४ हजार सैनिक जवानका लागि नयाँ भर्ना खुलाएको छ।नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले...
चार हजार जनालाई नेपाली सेनामा प्रवेश गर्ने अवसर

काठमाडौं, चैत १७ : नेपाली सेनाले ४ हजार सैनिक जवानका लागि नयाँ भर्ना खुलाएको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज (बिहीबार) गोरखापत्रमा एक सूचना प्रकाशित गरेर ४ हजार सैनिक जवानका लागि नयाँ भर्ना खुलाएको हो।

४ हजारजनामा खुलातर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त बनेका वा मृत्यु भएकाको सन्तानका लागि ११०, महिला ३५८, आदिवासी जनजाति ५७२, मधेसी ५०५, दलित २७२, पिछडिएको क्षेत्र ८५ जना छुट्याइएका छन्। यसका लागि देशभरिका २७ वटा भर्ना केन्द्र तोकिएका छन्।

योग्यता पुगेका इच्छुक नागरिकले आगामी वैशाख १६ गतेसम्म र दोब्बर दस्तुर तिरी वैशाख १७ देखि २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। दरखास्  फाराम सम्बन्धित भर्ना केन्द्रमै प्राप्त हुनेछ।

आवेदन दिन योग्य उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको तर बहालवालाको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। उचाइ पुरुषको हकमा ५ फिट ३ इन्च, महिलाको हकमा ५ फिट तोकिएको छ।  

वजन पुरुषको न्यूनतम ५० केजी र महिलाको ४० केजी हुनुपर्ने सूचनामा जनाइएको छ।

न्यूनतम कक्षा ८ उत्तीर्णले आवेदन दिन सक्नेछन्। त्यसभन्दा माथिको योग्यता हुनेले पनि कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपि आवेदनका साथमा पेस गर्नुपर्नेछ।

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्