Kathmandu Press

स्थानीय तहको निर्वाचन निष्पक्ष र धाँधलिरहित तरिकाले गराउन सरकारसँग आग्रह

काठमाडौं, चैत १७ : पूर्वसांसद मञ्च नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष र धाँधलिरहित तरिकाले गराउन सरकारसँग आग्रह गरेको छ।मञ्च बिहीबार काठमाडौंमा...
स्थानीय तहको निर्वाचन निष्पक्ष र धाँधलिरहित तरिकाले गराउन सरकारसँग आग्रह

काठमाडौं, चैत १७ : पूर्वसांसद मञ्च नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष र धाँधलिरहित तरिकाले गराउन सरकारसँग आग्रह गरेको छ।

मञ्च बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग आग्रह गरेको हाे।

मञ्चका महासचिव शकरनाथ शर्माले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुहरुको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा विकास निर्माणका काम ठप्प भएको, जनता मूल्यवृद्धिको चपेटामा परेकाे र मजदुरहरुको रोजीरोटी गुम्ने सम्भावना रहेको भन्दै तत्काल मूल्यवृद्धि रोक्न माग गरे।

उनले पछिल्लो समय कतिपय स्थानमा विद्युतको अघोषित नाकाबन्दी भइरहेको बताए। लोडसेडिङको सम्भावना देखिएको भन्दै उनले लोडसेडिङ नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्