Kathmandu Press

टोखामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ 

काठमाडौं, चैत १७ : काठमाडौंको टोखा नगरपालिकामा ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ। विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवद्र्धन...
टोखामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ 

काठमाडौं, चैत १७ : काठमाडौंको टोखा नगरपालिकामा ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ। विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवद्र्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

नगरपालिकाका शिक्षा शाखाप्रमुख बाबुराम गौतमले नगरपालिकाको शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाबाट सम्पादन गरिएका कार्यलाई विद्यार्थीमाझ चिनाउनका लागि ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए।

Hardik ivf

कार्यक्रममा नगरपालिका भित्रका प्रत्येक विद्यालयका तीन छात्रा, तीन छात्र र एक शिक्षकलाई समावेश गरिएको थियो। नगरपालिकामा हाल आठ सामुदायिक र ८५ संस्थागत विद्यालय छन्।

कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा समेत सहयोग पुर्‍याएको सो नगरपालिकाले जनाएको छ।

उनले ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ मा टोखाभरिका ५०० भन्दा बढी शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो। गत फागुनको दोस्रो हप्तादेखि सुरु गरिएको उक्त कार्यक्रम टोखाका ११ वटै वडामा सञ्चालन गरिएको उनको भनाइ छ।

नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, शिक्षा शाखाप्रमुख, स्वास्थ्य शाखाप्रमुख, महिला तथा बालबालिका शाखाप्रमुख, ११ वटै वडाका जनप्रतिनिधिलगायतको उपस्थिति थियो। 

सो कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको हकहितका लागि गरिएको कामबारे विद्यार्थीलाई अवगत गराइएको थियो। 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्