देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, चैत १७ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ६ सय २३ पिसिआर परिक्षणका क्रममा २४...
काठमाडाैं, चैत १७ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ६ सय २३ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ३ सय ९४ जना निको भएका छन्। हाल नेपालमा १ हजार ८१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












