Kathmandu Press

दुई मोटरसाइकल ठोक्किँदा चालकहरूको घटनास्थलमै मृत्यु

वीरगन्ज, चैत १७ : पर्सामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा चालकहरूको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका कारण तीनजना घाइते भएका छन्।पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी...
दुई मोटरसाइकल ठोक्किँदा चालकहरूको घटनास्थलमै मृत्यु

वीरगन्ज, चैत १७ : पर्सामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा चालकहरूको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका कारण तीनजना घाइते भएका छन्।

पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना३प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

Hardik ivf

मृत्यु हुनेमा ना३प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। 

घाइते हुनेमा धोबिनी–२ का २० वर्षीय रोजदिन मियाँ, सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रञ्जित महतो छन्। उनीहरू ती दुई मोटरसाइकलमा सवार थिए।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्