Kathmandu Press

दशैँ–तिहार–छठमा ७० हजार टन चिनी खपत, दशैँलगत्तै भारतबाट ल्याइने

काठमाडौं, असोज  १६ : दशैं लगत्तै सरकारले २० हजार मेट्रिकटन चिनी भारतबाट आयात गर्ने भएको छ। चिनीको स्टक दशैंमा सकिने भएपछि खाद्य व्यवस्था तथा व्या....

दशैँ–तिहार–छठमा ७० हजार टन चिनी खपत, दशैँलगत्तै भारतबाट ल्याइने
एजेन्सी ।

काठमाडौं, असोज  १६ : दशैं लगत्तै सरकारले २० हजार मेट्रिकटन चिनी भारतबाट आयात गर्ने भएको छ। चिनीको स्टक दशैंमा सकिने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंपछि २० हजार मेट्रिकटन चिनी आयात गर्न लागेको हो।

दशैंमा मात्रै ७० हजार मेट्रिकटन चिनीको माग हुने हुने गर्छ । माग धान्न सक्ने चिनी स्टक भएपनि मागलाई थपपूर्ति गर्नका  लागि  २० हजार  मेट्रिकटन आयात गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए  । हाल साल्ट ट्रेडिङसँग १५ हजार र उद्योगसँग ५५ हजार मेट्रिक टन चिनी स्टक रहेको छ।

Hardik ivf

 ‘हामीले चिनीको खरिदका लागि कागजी पक्रिया अगाडि बढाइसकेका छौं दशैं लगत्यै चिनी आइपुग्छ’, महानिर्देशक गौचनले काठमाडौं प्रेससँग भने।

उनका अनुसार मुलुकमा वार्षिक २ लाख ६० हजार मेट्रिक टनको हाराहारीमा चिनीको माग  हुने  गरेको छ । दशैं, तिहार र छठजस्ता चाडपर्वका बेला झन्डै ७० हजार टन चिनीको माग हुन्छ । अन्य १० महिना भने मासिक २० हजार टन चिनीको माग हुने गर्दछ।  

सरकारले २०७५ भदौदेखिआयातमा प्रतिबन्ध लगाएको थियो ।  वार्षिक रुपमा ९५ हजार टन मात्रै चिनी आयात गर्नुपर्ने गरी 'परिमाणात्मक कोटा सिस्टम' लागू गरेकाे थियाे ।  

गत २०७६ असार मसान्तसम्मका लागि परिमाणात्मक बन्देजको म्याद थप गरे पनि अहिलेसम्म चिनी आयात भएको छैन। 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, असोज १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्