Kathmandu Press

दुर्घटनामा वडासचिवको मृत्यु

सुनसरी, चैत १७ : सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ का वडासचिव...
दुर्घटनामा वडासचिवको मृत्यु

सुनसरी, चैत १७ : सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

Hardik ivf

इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्