Kathmandu Press

पोखरा महानगरले तोक्यो फेवातालसहित ९ तालको मापदण्ड

पोखरा, चैत १७ : लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड  अन्ततः पोखरा महानगरले टुंग्याएको छ। बुधबार साँझ बसेको...
पोखरा महानगरले तोक्यो फेवातालसहित ९ तालको मापदण्ड

पोखरा, चैत १७ : लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड  अन्ततः पोखरा महानगरले टुंग्याएको छ। बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । 

लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हिजोको सो बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार २३ गते खगेन्द्र सुवेदीलगायतले सर्वोच्चमा रिट हालेका थिए । सो रिट उपर सर्वोच्चले २०७५ वैशाख १६ गते तिनै वटा तहको सरकारलाई निर्देशनात्मक आदेश दिएर विवादलाई टुङ्गो लगाउन भने पनि यसको विवाद टङ्गिन सकेको थिएन। 

Hardik ivf

सर्वोच्चको आदेशअनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्दा खेप्दै आएको पोखरा महानगरले ढिलै भए पनि मापदण्ड तोकेको छ । मापदण्ड ६५ मिटर र ३० मिटर विषयमा विवाद रहँदै आएको थियो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो।  

‘हामीले अहिलेसम्म विज्ञ, सरोकारवालालगायतका विभिन्न  समितिबाट प्राप्त दर्जन बढी प्रतिवेदनको अध्ययनलाई विश्लेषण गरेर आधार मान्दै मापदण्ड ३० मिटरमा कायम गर्न हुन्छ भनी सिफारिस गर्यौँ र सोही बमोजिम नै तोकिएको हो,’ संयोजक अधिकारीले भने।  अहिलेको मापदण्ड प्राकृतिक न्यायको सिद्धान्तलाई समेत आधार मानेर तोकिएको उनको भनाइ छ ।

 अरु दीपाङ, खास्टे, गुँदे, न्यूरेनी, मैदीतालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ । उपत्यका नगर विकास समितिले ताल विकासका लागि भन्दै दशक अगाडि नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

तर ताल वरिपरिका स्थानीय जग्गा धनीले अव्यवहारिक मापदण्डले आफूहरुलाई मर्का परेको जनाउँदै न्यायोचित रुपमा मापदण्ड तोकर फुकुवा गराउनुपर्ने र आफूहरुलाई न्याय दिलाउनुपर्ने माग राख्दै आएका थिए । 
 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्