Kathmandu Press

एकै दिन सुनको भाउ ११ सय रुपैयाँले बढ्यो

काठमाडौं असोज १६: सुनको भाऊ एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ।

सुन बुध....

एकै दिन सुनको भाउ ११ सय रुपैयाँले बढ्यो
फाइल फोटो

काठमाडौं असोज १६: सुनको भाऊ एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ।

सुन बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो  । बुधबार पनि मंगलबार भन्दा प्रतितोला ६ सय रुपैयाँले बढेको थियो । 


तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तैगरी चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भएकोमा बिहिबार १५ रुपैयाँ बढेर ८ सय ५० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, असोज १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्