Kathmandu Press

उत्कृष्ट ब्याटिङ गर्दै नेपालले पिएनजीलाई दियो २०४ रनको विशाल लक्ष्य

टस जितेर पिएनजीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो।
उत्कृष्ट ब्याटिङ गर्दै नेपालले पिएनजीलाई दियो २०४ रनको विशाल लक्ष्य

काठमाडाैं, चैत १७ : टियु मैदानमा जारी टी-२० क्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पिएनजीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे। दीपेन्दले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दैै सर्वाधिक ६६ रन बनाए।

यस्तै रोहितकुमार पौडेलले २३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए। यस्तै आसिफ सेखले २९ बलमा ३८ रन बनाउँदा राष्ट्रिय टिमा डेब्यु गरेका युवा अलरान्डर अदिल आलमले ११ बलमा १ चौका ३ छक्का प्रहार गर्दै ३१ रनको विस्फोटक पारी खेले।

पपुवा न्युगिनीका कावुवा मोरेआले ३ तथा रिले हेकुरले २ विकेट लिए

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्