अमेरिका जाने डीभी खुल्याे, आवेदन दिन पासपाेर्ट अनिवार्य
काठमाडौं, असोज १६ः संयुक्त राज्य अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारदेखि आवेदन खुला गरेको छ ।
नेपालस्थित अमेर....

काठमाडौं, असोज १६ः संयुक्त राज्य अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारदेखि आवेदन खुला गरेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार, बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन आवेदन खुलेको हो ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । कात्तिक १९ गते (५ नोभेम्बर २०१९) सम्म आवेदन दिन पाइनेछ ।
एक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ ।
आवेदन फारम भर्न कुनै पनि शुल्क लाग्ने छैन । आवेदनमा आफ्ना पति–पत्नी र आवेदन दिने समयसम्ममा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ । हालसालै खिचिएको फोटो हुनुपर्नेछ ।
अघिल्ला वर्षहरुमा डीभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ । फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्नेछ । सोही आधारमा प्रकृया अघि बढ्नेछ ।
सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डीभीमार्फत् अमेरिका लैजाने छ ।











