Kathmandu Press

३८ देशका ८९ चलचित्र निफमा प्रदर्शन हुँदै

काठमाडौँ, १७ चैत : पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – २०२२ (निफ) शुक्रबार (आज) बाट सुरु हुने भएको छ । राष्ट्रिय सभागृहमा आज साँझ...
३८ देशका ८९ चलचित्र निफमा प्रदर्शन हुँदै
Hardik ivf

काठमाडौँ, १७ चैत : पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – २०२२ (निफ) शुक्रबार (आज) बाट सुरु हुने भएको छ । राष्ट्रिय सभागृहमा आज साँझ ५ बजेबाट महोत्सवको औपचारिक सुरु हुने आयोजक प्रमुख केपी पाठकले जानकारी दिएका छन्। 

महोत्सवमा करिब ३८ देशका ८९ चलिचत्र प्रदर्शनी हुने पाठकले बताए। ‘विश्वभरीका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवमा लामा–छोटा चलचित्र, वृत्तचित्र, एनिमेसन गरी विभिन्न सात विधाका चलचित्र  प्रदर्शन हुनेछन्।  चलचित्रले प्रतिस्पर्धासमेत पाठकले जानकारी दिए।

महोत्सव चैत २१ गतेसम्म संचालन हुनेछ । कोरोना महामारीका कारण गत वर्षको महोत्सवलाई भर्चुअलमै सिमित राखिएको थियो। 
 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्