Kathmandu Press

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरी, चैत १७ : महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

Hardik ivf

स्थानीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई खेत जोतेका थिए। उनले अकसरलाई पनि आफूसँगै सिटमा बसालेका थिए।

खेत जोत्दै गर्दा अचानक तल झरेको स्थानीय बासिन्दाले बताए। ट्रयाक्टरबाट झरेका बालकको रोटाभेटरमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् भने प्रहरीले उनको खोजतलास गरिरहेको छ।

 

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्