आज नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं, चैत १७ : त्रिदेशीय टी–२० प्रतियोगिताको चौथो खेलमा आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै छ।
आज मध्याह्न १२ः३० बजे त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनीको खेल हुनेछ। आजको खेलमा जित हासिल गर्न सके नेपाल फाइनलमा पुग्नेछ।
अहिलेसम्म भएका तीन खेलमा नेपालले दुई खेल जितेर ४ अंक बटुलेको छ। त्यस्तै, एक खेल जितेको मलेसिया २ अंकसहित दोस्रो स्थानमा छ। पपुवा न्युगिनीले भने अहिलेसम्म जित हासिल गर्न सकेको छैन।
यो प्रतियोगिताअन्तर्गत पपुवा न्युगिनीसँग हुन लागेको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल विजयी भएको थियो।
प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












