दमक गोल्डकपको फाइनलमा नेपाल पुलिस
काठमाडौं, चैत १६ : नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रूपन्देहीलाई १–० गोल अन्तरले...
काठमाडौं, चैत १६ : नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
गोर्खा ब्वाइज रूपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णयक बन्यो ।
जितसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दस हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: १९:५७ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











