प्रधान सेनापति र गैर आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटघाट
काठमाडौं, चैत १६ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बंगलादेशका गैर आवसीय सैनिक सहचारी ब्रिगेडियर जनरल मो. अबुल कलाम...काठमाडौं, चैत १६ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बंगलादेशका गैर आवसीय सैनिक सहचारी ब्रिगेडियर जनरल मो. अबुल कलाम आजादबीच भेटवार्ता भएको छ ।
नेपाली सेनाको जंङ्गी अड्डामा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मिति: १८:२३ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












