कोरोना महामारीको समयमा बन्द गरिएको ठोरी नाका अझै खुलेन
काठमाडौं, चैत १६ : कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझैसम्म पनि खुलेको छैन् । कोरोना महामारी सकिएसँगै जिल्लाका सबै नाका...
काठमाडौं, चैत १६ : कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझैसम्म पनि खुलेको छैन् ।
कोरोना महामारी सकिएसँगै जिल्लाका सबै नाका खुलेको लामो समय भईसक्दा पनि ठोरी नाका नखुलेको हो । मधेस प्रदेश सरकारले ठोरीलाई मधेस कै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दुःखद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता प्रकाश खनालको भनाइ छ ।
ठोरी घुम्न आउने भारतीय पर्यटकहरुलाई निकै सास्ती भोग्नु परेको छ। गाडी लिएर ठोरी घुम्न आउने भारतीय पक्षहरूले गाडी भारतको भिखना ठोरीमा नै राखेर नेपाल आउनु पर्ने अवस्था छ ,जसको कारणले पर्यटकहरुलाई सास्ती भई रहेको छ। मधेस प्रदेश सरकारको मन्त्रीपरिषदको बैंठक ठोरीमा गत ११ गते बसेको थियो ।
मन्त्रीपरिषदको बैठक बसी ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका बन्द हुँदा समेत चुपचाप बस्नु ठोरी बासीको लागि दुर्भाग्यपूर्ण रहेको स्थानीयहरुको भनाइ छ ।
ऎतिहासिक हिसाबले नुन भित्र्याउने नाकाको रुपमा परिचित तथा नाकाबन्दीको समयमा राज्यलाई नै पेट्रोलियम पदार्थ भित्राईएको भएता पनि कोरोना कहर बितेको लामो समयसम्म ठोरी नाका खोल्न बारम्बार आवाज उठाउँदा समेत राज्यले कानमा तेल हालेर बसेको स्थानीय पर्यटन व्यवसायी धीरसिंह घिमिरेले गुनासो रहेको छ ।












