Kathmandu Press

लमजुङमा महिला मतदाता बढी

लमजुङमा महिला मतदाता बढी

लमजुङ, चैत १६ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् । 

Hardik ivf

मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा १५ हजार ९८९ र सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ जना मतदाता छन् । जिल्लामा १२३ मतदानस्थल र १८२ मतदात केन्द्र छन् । 

निर्वाचन कार्यालयले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई तोकेको छ। 

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख ५ हजार ९९२ मतदाता थिए। विसं २०७७ पुस ५ गते प्रकाशित नामावली एक लाख २२ हजार ८०६ थियो।  

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्