Kathmandu Press

चुनावमा जानेनजानेबारे राष्ट्रिय भेलाले निर्णय गर्नेछ : आहुती

काठमाडाैं, चैत १६ : ज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल 'आहुती'ले आफ्नो दल चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले...
चुनावमा जानेनजानेबारे राष्ट्रिय भेलाले निर्णय गर्नेछ : आहुती

काठमाडाैं, चैत १६ : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल 'आहुती'ले आफ्नो दल चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चूनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भए पनि यस विषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताएका हुन्। उनले पार्टी एकिकरण बारे कुनै पार्टीसँग आधिकारीक छलफल नभएको बताए। चुनावमा मात्रै जानेलाई राजनीति नभनिने बताउँदै उनले चुनावबाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाममध्येमै पर्ने धारणा राखे।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैत्रको दिउँसो १२ बजे राष्ट्रिय भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए। 

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्