Kathmandu Press

बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न सरकारले बनायो समिति 

काठमाडाैं, असोज १५ : काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका....

बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न सरकारले बनायो समिति 
फाइल

काठमाडाैं, असोज १५ : काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ। 

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा बुधबार गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो।

बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दीगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ। 

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन्। 

समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णयसमेत बैठकले गरेको छ। गत शनिबार बौद्धनाथ स्तुपभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्वलनमा आपसी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो। रासस

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असोज १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्