‘बी’ डिभिजन लिग फुटबल : चर्च ब्वाइजको जित
काठमाडाैं, चैत १६ : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ।सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज...
काठमाडाैं, चैत १६ : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ।
सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। चर्च ब्वाइजको जितमा कुवेर न्यौपाने र आशिष चापागाईंले गोल गरे।
खेलको ५२औ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ७५औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । यस जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अङ्क जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहेको छ।
समान खेल खेलेको आरसिटीको १५ अङ्क छ। आरसिटी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।
प्रकाशित मिति: १३:५२ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











