पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा प्रभातफेरी
काठमाडाैं, चैत १६ : नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको छ। सिनामंगलबाट सुरु भएको...
काठमाडाैं, चैत १६ : नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको छ। सिनामंगलबाट सुरु भएको प्रभातफेरी सञ्चारग्राम पुगेर समापन भएको थियो।
स्थापना दिवसका अवसरमा महासंघको केन्द्रीय कार्यालयमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ।
प्रकाशित मिति: १२:३१ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












