Kathmandu Press

आज पनि त्रिभुवन विमानस्थलका उडान प्रभावित

काठमाडौं, चैत १६ : आजपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन्।भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको विमानस्थल...
आज पनि त्रिभुवन विमानस्थलका उडान प्रभावित

काठमाडौं, चैत १६ : आजपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन्।

भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन्।

Hardik ivf

बुधबार बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ। उडान र अवतरणका लागि न्यूनतम दुई हजार आठ सय मिटरको भिजिबिलिटीमा चाहिन्छ।

भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। मौसम सुधार हुने वितिक्कै उडान र अवरतण नियमित हुने उनको भनाइ छ।

केही दिनयता मौसममा फेरबदल आउँदा उडान प्रभावित हुँदै आएका छन्।

प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्