सन् २०२१ का लागि डीभी खुल्यो, पासपोर्ट नम्बर अनिवार्य
काठमाडौं, असोज १५ : सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिषा (डीभी) का लागि आवेदन खुलेको छ।
बुधबार मध्यान्हदेखि खुलेको (डिभी) कार्यक्र....
काठमाडौं, असोज १५ : सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिषा (डीभी) का लागि आवेदन खुलेको छ।
बुधबार मध्यान्हदेखि खुलेको (डिभी) कार्यक्रमको लागि आवेदन नोभेम्बर ५ तारिख, २०१९ सम्म भर्न सकिने छ। आवेदन भर्न कुनै शुल्क नलाग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
आवेदन भर्दा आवेदकले आफ्नो पासपोर्ट नम्बर, पासपोर्टको सकिने म्याद र इमले अनिवार्यहरुपमा राख्नु पर्ने छ। त्यस्तै, कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने अमेरिकी दूतावासले जनाएको छ।
अनलाइनमा फारम भरिसकेपछि प्राप्त कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्नेछ। सन् २०२१ मा अमेरिकाले संसारभरबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ।






