कर्णालीमा ६९ प्रतिशतले लगाए कोरोना खोपको दोस्रो डोज
सुर्खेत, चैत १६ : कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो डोज लगाएका छन्।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८...
सुर्खेत, चैत १६ : कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो डोज लगाएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो डोज लगाएका हुन्। हालसम्म खोपको पहिलो डोज ७० प्रतिशतले लगाएका छन्।
निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए। हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ।
कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ। पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ मात्रै छ।
प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












