Kathmandu Press

इजिप्टलाई पेनाल्टीमा हराउँदै सेनेगल विश्वकपमा

काठमाडौं, चैत १६ : लिभरपुल स्टार साडियो मानेको टिम सेनेगल अफ्रिकाका कतार विश्वकपका लागि छनोट भएको छ।गएराति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३–१...
इजिप्टलाई पेनाल्टीमा हराउँदै सेनेगल विश्वकपमा

काठमाडौं, चैत १६ : लिभरपुल स्टार साडियो मानेको टिम सेनेगल अफ्रिकाका कतार विश्वकपका लागि छनोट भएको छ।

गएराति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेनेगल विश्वकपका लागि छनोट भएको हो।

लिभरपुलका अर्का स्टार मोहम्मद सलाहको पेनाल्टीमा इजिप्ट लगातार दोस्रो पटक विश्कपमा पुग्न असफल भयो। पेनाल्टीमा दुवै टिमका सुरुआती दुई पेनाल्टी मिस भएको थियो। सेनेगलका कालिडोउ कोलिबाली र सालिओउ सिस तथा इजिप्टका मोहम्मद सलाह र अहमद सायदको पेनाल्टीमा चुकेका थिए।

त्यसपछि सेनेगलका बाम्बा डिन्ग र साडियो मानेले गोल गर्दा इजिप्टका अमर इल सोलिआले गोल गरे भने मोस्ताफा मोहम्मदले गोल गर्न सकेनन्।

यसअघि खेलको चौथो मिनेटमा हाम्दी फाथीको आत्मघाती गोलमा सेनोलेगल अग्रता लिएको थियो।

यसैगरी विश्वकप छनोटको तेस्रो चरणको दोस्रो लेगमा नाइजेरियालाई १–१ गोलको बराबरीमा रोक्दै घाना पनि विश्वकपमा छनोट भएको छ। यी दुई बीचाको पहिलो लेग गोलरहित बराबरीमा सकिएकाले घाना अवेगोलका आधारमा विश्वकपमा छनोट भएको हो।

खेलमा १०औं थोमस पार्टेको गोमा घानाले अग्रता लियो। २२औं मिनेटमा नायजेरियाका विलियम ट्रोस्ट इकोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, त्यो गोल नाइजेरियालाई विश्वकपमा छनोट गराउन पर्याप्त हुन सकेन।

घाना चौथो पटक र सेनेगल तेस्रो पटक विश्वकपमा छनोट भएका हुन्। यसअघि घानाले २००६, २०१० र २०१४ मा विश्वकप खेल्दा सेनेगलले २००२ र २०१८मा खेलेको थियो।

प्रकाशित मिति: ०६:५७ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्