Kathmandu Press

स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा

काठमाडौं, चैत १६ : पोल्यान्डले कतार विश्वकपमा स्थान सुरक्षित गरेको छ। मंगलबार भएको प्लेअफ फाइनलमा स्वीडेनलाई २-० ले हराउँदै पोल्यान्ड विश्वकप छनोट भएको...
स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा

काठमाडौं, चैत १६ : पोल्यान्डले कतार विश्वकपमा स्थान सुरक्षित गरेको छ। मंगलबार भएको प्लेअफ फाइनलमा स्वीडेनलाई २-० ले हराउँदै पोल्यान्ड विश्वकप छनोट भएको हो।

पोल्यान्डको जितमा कप्तान रोबर्ड लेवान्डोस्की र पिओट्र जिलिएन्स्कीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

४९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाए। लेवान्डोस्कीले पोनाल्टीमा गोल गरेका थिए। जिलिएन्स्कीले ७२औं मिनेटमा गोल गर्दै पोल्यान्डलाई विश्वकपमा छनोट गराए।

योसँगै पोल्यान्डले नवौं पकट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। युक्रेन वारका कारण रुस काबाहीमा परेपछि पोल्यान्ड सिधै प्लेअफको फाइनल पुगेको थियो भने स्वीडेनले चेक रिपब्लिकलाई १–० ले हराएको थियो।

युरोपबाट विश्वकपमा छनोट हुने अझै एक टिमको टुंगो लाग्न बाँकी छ। युद्धका कारण युक्रेन र स्कटल्यान्डबीचको प्लेअफ खेल रोकिएकाले विश्वकपमा छनोट हुने अन्तिम टिमको टुंगो लाग्न सकेको छैन। युक्रेन र स्टकल्यान्टबीचको विजेता फाइनलमा वेल्ससँग खेल्नुपर्नेछ।

यसअघि पोर्चगल र पोल्यान्डसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स, फाइनलिस्ट क्रोएसिया, तेस्रो बनेको बेल्जियम, इंग्ल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, सर्बिया, स्पेन र स्वीट्जरल्यान्ड विश्वकपमा छनोट भइसकेको छ। विश्वकपको ड्र आगामी शुक्रबार सार्वजनिक हुनेछ।

प्रकाशित मिति: ०६:५० बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्