Kathmandu Press

पोर्चुगल सातौं पटक विश्वकपमा

काठमाडौं, चैत १६ : पोर्चुगल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ।गएराति घरेलु मैदानमा भएको प्लेअफ फाइलनमा नर्थ मेसेडोनियालाई २–० ले हराउँदै...
पोर्चुगल सातौं पटक विश्वकपमा

काठमाडौं, चैत १६ : पोर्चुगल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ।

गएराति घरेलु मैदानमा भएको प्लेअफ फाइलनमा नर्थ मेसेडोनियालाई २–० ले हराउँदै पोर्चुगलले विश्वकपमा स्थान पक्का गरेको हो। पोर्चुगललाई जित दिलाउन म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो र्फान्डेसले दुई गोल गरे। उनले खेलको दुवै हाफमा गोल गरेका थिए।

खेलमा ३२औं मिनेटमा फर्नाडेसले पोर्चुगललाई अग्रता दिलाए। उनले काउन्टरमा क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए। यस्तो ६५औं डिएगो जोटाको पासमा गोल गर्दै फर्नान्डेसले पोर्चुगललाई सातौं पटक विश्वकपमा पुर्‍याए।

खेलमा नर्थ मेसेडोनियो कुनै पनि समय पोर्चुगललाई दबाबमा राख्न सकेन। पोर्चुगलले ६५ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गरेको थियो भने ३ सट फ्रेममा थियो। मेसेडोनियाले ३ सट प्रहार गर्दा कुनै पनि सट फ्रेममा थिएन।

पोर्चुगल टर्कीलाई ३–१ ले हराउँदै प्लेअफ फाइनलमा पुगेको थियो भने नर्थ मेसेडोनियाले इटालीलाई १–० ले हराएको थियो।

प्रकाशित मिति: ०६:४४ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्